नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सम्पन्न, यस्ता छन् ८ निर्णय



काठमाडौँ । नेपाल–भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको ११ औं बैठक चितवनको मेघौलीमा सम्पन्न भएको छ । ऊर्जा सचिव गोपालप्रसाद सिग्देल तथा भारतका ऊर्जा सचिव पंकज अग्रवालको सहभागितामा मेघौलीमा बैठक सम्पन्न भएको हो ।

बैठकले नेपाल–भारतबिचको मौजुदा विद्युत् प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तर्देशीय प्रसारण लाइन, भारतीय लगानीका आयोजना तथा सम्बद्ध प्रसारण लाइन लगायतका विषयमा छलफल गरेको छ । यस्तै, बैठकले विभिन्न ८ वटा निर्णयसमेत गरेको छ । जसले नेपालको जलविद्युतलाई भारतीय बजार उपलब्ध गराउन चाहिने आवश्यक पूर्वाधार बनाउन सहजीकरण गर्नेछ ।


बैठकले ढल्केबर सबस्टेशनमा आवश्यक पूर्वाधार निर्माण भएपछि हाल सञ्चालन रहेको पहिलो अन्तर्देशीय ढल्केबर–मुजफ्फुपुर ४०० केभी प्रसारण लाइनबाट हुने विद्युत् आयात–निर्यातको परिणाम ८०० मेगावाटभन्दा बढी पुर्याउन अध्ययन गर्ने निर्णय भएको छ ।

यस्तै, अरुण तेस्रो आयोजनाद्वारा निर्माण भइरहेको ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनबाट आदान–प्रदान गर्न सकिने बारे अध्ययन गर्ने निर्णय समेत भएको छ । 

यस्ता छन् निर्णय –

https://drive.google.com/file/d/1VVKkX_3Rx-84JPdYD0InySvKjEaPy6yi/preview