काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा चार दलको बैठक सुरु भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन आज पुनः चार दलको बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी रहेका छन् ।
यसअघि शनिबार अबेरसम्म बसेको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी तयार पारिएको सिट बाँडफाटको खाकामा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि आज पुनः छलफल अघि बढाईएको हो । निर्णायक बैठकका रुपमा हेरिएको आजको छलफलमार्फत एकीकृत समाजवादीलाई सहमतिमा ल्याउने प्रयासमा नेताहरू लागेका छन् ।