काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
शुक्रबार भारतीय सहयोगमा नव निर्मित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवनको जयशंकर र साउदले उद्घाटन गरेका हुन् ।
भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थी अट्न सक्ने क्षमता छ ।
त्यसअधि उनले बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका थिए । त्यस क्रममा विदेशमन्त्री जयशंकरले पशुपति परिसरमा रुद्राक्षको बिरुवा पनि रोपेका थिए ।
विहिबार काठमाडौँ आएका विदेशमन्त्री जयशंकरले उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिएका थिए ।
उनी आजै स्वदेश फर्किने कार्यतालिका छ ।