मधेश केन्द्रित दलका नेतासँग विदेशमन्त्री जयशंकरको सामुहिक भेट



काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर र मधेस केन्द्रित तीन दलका शीर्ष नेताबीच सामुहिक भेटवार्ता भएको छ ।

विहिबार राति भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा अन्तरक्रिया भएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । भेटमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी थिए ।


यसअघि भारतीय विदेशमन्त्री डा जयशङ्करले कांग्रेस सभापति शेरबहादुर देउवा र् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टा छुट्टै भेट गरेका थिए ।

दुई दिने भ्रमण पुरा गरि विदेशमन्त्री जयशंकर आजै स्वदेश फर्किदैछन् ।