शेखरको टिप्पणी : विभिन्न काण्डबाट बच्न गठबन्धनलाई एमालेको साथ चाहिएको छ



काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सत्ता गठबन्धनसँग आक्रोश पोखेका छन् । एमालेलाई पनि राष्ट्रिय सभा बैठकमा सिट दिनेबारे कांग्रेस–माओवादीबीच छलफल चलिरहेका बेला नेता कोइरालाले सामाजिक सञ्जालमार्फत गठबन्धनप्रति असन्तुष्टि जनाएका हुन् ।

‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्,’ उनले भनेका छन् ।


साथै उनले आफ्नो स्वार्थ पूरा गर्नका लागि गठबन्धन दललाई एमालेको साथ चाहिएको समेत बताएका छन् । उनले भनेका छन्, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?।’

माओवादी केन्द्रले टीआरसी विधेयकमा सहमति हुनुपर्नेमा जोड दिएको छ भने कांग्रेस पछिल्लो समय भ्रष्टाचारमा संलग्न आफ्ना नेता जोगाउन एमालेको साथ खोज्ने गरेको आरोप लाग्ने गरेको छ ।