काठमाडौँ । भारतका विदेशमन्त्री डा. एस जयशंकर काठमाडौँ आइपुगेका छन् ।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी आज बिहान भारतीय वायुसेवाको विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् ।
विदेशमन्त्री जयशंहरलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । विदेशमन्त्रीका रुपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो ।
नेपाल आएसँगै विदेशमन्त्री जयशंकर राजनीतिक भेटवार्तामा व्यस्त रहने छन् । उनको पहिलो भेट ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग हुनेछ ।