इजरायल र हिजबुल्लाहबिच लेवनान सिमामा भिडन्त



तेल अहिब । हिजबुल्लाह र इजरायल बिचमा सीमापार आक्रमण भएको छ । हिजबुल्लाह र इजरायली सेनाहरू बीच हिजो साँझ एक अर्का लक्षित हमला भएको हो। 

दुवै पक्षले अहिले एक अर्काको स्थानमा आक्रमण गरेको पुष्टिसमेत गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।


हिजबुल्लाहले आफ्ना लडाकुहरूले शेबा फार्म्स वरपरको इजरायली सैन्य स्थलमा आक्रमण गरेको बताएको छ।

उता इजरायलका सैन्य प्रवक्ताले भने कि इजरायली सेनाले लेबनानमा धेरै हिजबुल्लाह लक्ष्यहरूलाई आक्रमण गरेका छन । उसका अनुसार इजरायलले धेरै मिसाइल प्रक्षेपणको पुष्टि पनि गरे तर घटना बिना हताहत समाप्त भएको बताए।