फुलह्याममाथि बोर्नमाउथको शानदार जित



काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथले फुलह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बोर्नमाउथले फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बोर्नमाउथको जितमा जस्टिन क्लुइभर्ट, डोमोनिक सोलान्के र लुइस सिनिसटेराले एक एक गोल गरेका थिए ।


यो बोर्नमाउथको यस सिजनमा सातौं जित हो । यो जितपछि बोर्नमाउथको १८ खेलमा २५ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ ।

त्यसैगरी फुलह्यामको भने यो यस सिजनमा १०औं हार हो । फुलह्यामको १९ खेलमा २१ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।