नारायणीको पुलबाट हाम फालेकी महिलाको मृत्यु



भरतपुर । शुक्रबार दिउँसो नारायणी नदीमाथिको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धनुषा घर भई हाल भरतपुर-१० बस्ने ३१ वर्षीया संगिता साह रहेकी छिन् ।


शुक्रबार दिउँसो पुलबाट हाम फाल्दा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी र उद्धार टोलीले गम्भीर घाइते संगितालाई उद्धार गरी अस्पताल लगेको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो ।