![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गरेको हो ।
गण्डकी प्रदेशले दिएको १४२ रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर ९७ रन मात्र बनाएको थियो ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
यसअघि गण्डकी प्रदेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
यो गण्डकी प्रदेशको दोस्रो खेलमा पहिलो जित हो । यसअघि गण्डकी प्रदेश लुम्बिनी प्रदेशसँग ४ विकेटले पराजित भएको थियो ।
त्यस्तै कर्णाली प्रदेशको भने यो लगातार दोस्रो हार हो ।
अब गण्डकी प्रदेशले अर्को खेल आइतबार बागमती प्रदेशसँग खेल्ने छ भने कर्णाली प्रदेशले आइतबार नै सुदूरपश्चिम प्रदेशसँग खेल्ने छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)