कतार पठाईदिन्छु भन्दै पाँच लाख २५ हजार ठगी गर्ने व्यक्ति पक्राउ



काठमाडौं । कतार पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर २ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३१ वर्षीय भिमबहादुर तामाङलाई काठमाडौंको गोकर्णेश्वरबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

तामाङ बहादुर तमाङलाई वैदेशिक रोजगारीका लागि कतारमा पठाईदिन्छु भनी पाँच लाख २५ हजार रुपैयाँ लिएर फरार भएका थिए । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ ।