काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रीहरुको रिपोर्ट कार्ड खोज्नुको सट्टा प्रधानमन्त्रीले आफ्नो एकवर्षे रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
बुधबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै कोइरालाले एकवर्षमा आफुले गरेका कामको प्रधानमन्त्री रिपोर्ट सार्वजनिक गर्नुपर्ने बताएका छन् । नेता कोइरालाले जनतालाई आशा जगाउन वर्तमान सरकार र नेतृत्व परिवर्तन अपरिहार्य रहेको बताए ।
उनले सरकार संचालनका कारण जनतामा वितृष्णा बढेकाले नेपाली कांग्रेसको नेतृत्वमा मात्र जनतामा आशा जगाउन सकिने बताए । कोइरालाले एनसेल प्रकरणले राजनैतिक दलका नेताहरु, कर्मचारी र व्यापारीहरुको नेक्सस सार्वजनिक गरेको बताए ।
उनले नेपालमा भईरहेका ठुलाठुला भ्रष्टाचारमा नेता, कर्मचारी र व्यापारीको मिलोमतो हुने गरेको जिकिर गरे ।