काठमाडौं। चीनको उत्तर पश्चिमी क्षेत्रमा गएराति आएको भूकम्पमा परी कम्तिमा १११ जनाको मृत्यु भएको छ। २ सय २० भन्दा बढी घाइते भएका छन्।
गान्सु प्रान्तमा एक सय र छिमेकी जिङगाइमा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। दुबै प्रान्तमा ठूलो मात्रामा भौतिक क्षति समेत भएको समाचार छ।
करिव १० किलोमिटर गहिराइ भएर ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे युएसजीएसले जनाएको छ। प्रभावित क्षेत्रहरुमा उद्धारका कामहरु भैरहेको चीनिया सञ्चारमाध्यमले जनाएका छन्।
उद्धार र राहतका लागि केन्द्रीय टोलीहरु समेत परिचालन गरिएको छ। भूकम्प प्रभावितहरुको उद्धार राहत र क्षति कम गर्न सबै संयन्त्र परिचालन गर्न राष्ट्रपति सी चिनफिङले निर्देशन दिएका छन्। भूकम्पको क्षतिको आधिकारिक र पूर्ण विवरण आइसकेको छैन।
गत सेप्टेम्बरमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो।