थमन विक प्रकरण : आन्दोलनकारीलाई जन्मकैदको फैसला गरेकोमा जनमतको आपत्ति



काठमाडौं । जनमत पार्टीले महोत्तरी जिल्ला अदालतको फैसला मधेस आन्दोलन र किसान आन्दोलनको मर्मविपरीत रहेको बताएको छ ।

पार्टी प्रवक्ता शरद सिंह यादवले प्रेस विज्ञप्ति जारी गर्दै मंसिर २८ गते आएको फैसलाले अधिकार प्राप्तिका लागि गरिएका आन्दोलनको मर्म तथा भावनामाथि कुठाराघात गरेको उल्लेख गरेका छन् । 


‘सशस्त्र जनयुद्धमा गरिएका हजारौं बीभत्स हत्याकाण्डका असंख्य मुद्दामा अहिलेसम्म सोझा पीडित जनताले न्याय नपाउनु र विभिन्न आन्दोलनमा लागेका मुद्दालाई थाती राखी मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिमले आफ्नो अधिकार प्राप्तिका लागि गरेको संघर्षलाई अदालती फैसलाले यो देशमा सिमान्कृत जनतामाथिको विभेद्लाई अझ उदांगो बनाउने काम गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उक्त फैसलाको निन्दा गर्दै जनमत पार्टीले अधिकार प्राप्तीको आन्दोलनमा लगाइएका सबै झुठा मुद्दा फिर्ता लिन सरकारसँग माग गरेको छ ।