काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका उच्च अदालत पाटनले पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासमा आज भएको सुनुवाइमा उक्त आदेश भएको हो । न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएका हुन्।
शरणार्थी प्रकरणमा गत बैशाखदेखि थुनामा रहेका खाँणको मुद्दामा यसअघि मंसिर १५ गते न्यायाधीशद्धय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा मत बाँझिएको थियो ।
पाण्डेले ३० लाख धरौटीमा रिहा गर्नुपर्ने फैसला दिएका थिए । तर, खरेलले उनको फैसलामा बिमति जनाएपछि तेस्रो न्यायाधीशको एकल इजलासमा पेश गर्ने निर्णय भएको थियो ।
यस प्रकरणमा पक्राउ परेका २० जनामध्ये पूर्व उपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद आङटावा शेर्पासहित ९ जनालाई थुनामै राख्न अदालतले ओदश दिँदा नेपाल हज समितिका अध्यक्ष शमसेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ६ जना धरौटीमा र अन्य ४ जना साधारण तारेखमा रिहा भएका थिए ।