बाराको सिम्रौनगढमा गोली चल्यो



काठमाडौं । बाराको सिम्रौनगढमा गोली चलेको छ । सिम्रौनगढ नगरपालिकामा आन्दोलनमा रहेका शिक्षक कर्मचारीले नगरप्रमुख चड्ने गाडी तोडफोड गद्र्यै जलाउने प्रयास गरेपछि प्रहरीले अश्रुग्याससहित गोली प्रहार गरेको थियो ।

बुधबार प्रशासकीय अधिकृत महेश मिश्र नगर प्रमुखको गाडी चढ़ेर कार्यलय जाने क्रममा आन्दोलनकारीले गाडीमा ढुंगा प्रहार गरेका थिए ।


ढुङ्गा प्रहारपछि आन्दोलनकारीहरूले गाडी जलाउने तथा नगरपालिकाको कार्यालयमा समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको हो । गोली प्रहारबाट एक जना घाइते भएका छन् । घटनाकबो थप विवरण आउन बाँकी रहेको छ ।