अमरेशकुमारले एनसेलविरुद्ध दायर गरेको रिटमा आज सुनुवाइ



काठमाडौं । सांसद डा अमरेशकुमार सिंहले एनसेलविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् ।


शुक्रबार दायर उक्त रिटमाथि आइतबार र सोमबार सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।