संसद सचिवालयको महासचिवबाट भरतराज गौतमको राजीनामा, पाण्डेय सिफारिस



काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिएका हुन् । २०७७ वैशाख २२ गते उनी महासचिव पदमा नियुक्त भएका थिए । गौतमले राजीनामा दिएपछि महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ ।

उनको राजीनामा स्वीकृत भएसँगै सभामख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । पाण्डेय प्रतिनिधिसभा सचिवका रूपमा नियुक्त भई कार्यरत छन् ।