जसपा नेपालको कार्यकारिणी समिति बैठक सोमबार बस्दै



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि सोमबार बस्दैछ । 

बैठकमा आगामी माघमा हुने राष्ट्रिय सभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण, तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गरिने बताइएको छ ।


विशेषगरी राष्ट्रियसभाको निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयले जनाएको छ ।

बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने छ ।