पाल्पामा आफैँले बोकेको बन्दुक पड्किँदा एक जनाको मृत्यु



पाल्पा । आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा पाल्पामा एक जनाको मृत्यु भएको छ । बन्दुक पड्किँदा निस्दी गाउँपालिका मित्यालका ४८ वर्षीय डम्मरबहादुर सारु मगरको मृत्यु भएको हो ।

बारीमा आएको दुम्सी मार्न बोकेर हिँडेको बन्दुक पड्किँदा सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।


घटनास्थलबाट एक नाले भरुवा बन्दुक र भिर्ने झोला समेत बरामद भएको प्रहरीले जनाएको छ ।