काठमाडौं । एनसेल आजियाटाविरुद्ध सांसद अमरेश सिंहले दायर गरेको रिटमाआज सुनुवाइ हुँदैछ ।
एनसेलको ८० प्रतिशत सेयर रहेको कम्पनी आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले आजका लागि पेसी तोकेको थियो ।
सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभागसमेतलाई विपक्षी बनाएका छन् ।