काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
महाधिवेशन काठमाडौंमै गर्ने निर्णय भएको खतिवडाले बताए। यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने तालिका थियो । तर, राष्ट्रिय सभा निर्वाचन परेकाले माघमै महाधिवेशन गर्न नसकिने भएकाले मिति परिवर्तन गरिएको खतिवडाले बताएका छन्।