रवि लामिछाने भोलि मलेसिया जाँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि मलेसिया जाने भएका छन् ।

पार्टीका सह–कोषाध्यक्ष दीपक बोहोराले पार्टीको कार्यक्रममा सहभागी हुन सभापति लामिछाने, उपसभापति डीपी अर्याल र आफू मलेसिया जान लागेको जानकारी दिएका छन् ।


कार्यक्रम भने मलेसियाको राजधानी क्वालालम्पुरस्थित् होटेल ग्राण्ड कन्टिनेन्टलमा हुनेछ । रास्वपाले हालै पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक मधेश प्रदेशको जलेश्वरमा सम्पन्न गरेको थियो ।