दक्षिण कोरियाद्वारा जासुसी उपग्रह प्रक्षेपण



जासुसीदक्षिण कोरियाले जासुसी उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ । उत्तर कोरियाको बढ्दो आणविक खतराबीच दक्षिण कोरियाले शुक्रबार क्यालिफोर्नियाको अमेरिकी सैन्य आधारबाट आफ्नो पहिलो स्वदेशी सैन्य जासुसी  उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो ।

उत्तर कोरियाले गत हप्ता आफ्नै जासूसी उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको थियो । यो कदमले बढ्दो अन्तर–कोरियाली सुरक्षा प्रतिद्वन्द्वलाई संकेत गरेको बताइएको छ । उपग्रह स्थानीय समयअनुसार बिहान १०ः १९ मा प्रक्षेपण भएको र त्यसको चार मिनेट पछि कक्षमा राखिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।


कक्षामा पुग्नु भनेको दक्षिण कोरियाले आणविक हतियारयुक्त उत्तर कोरियाको निगरानी गर्न घरेलु रूपमा निर्मित पहिलो जासुसी उपग्रह प्राप्त गरेको हो । सियोलले सन् २०२५ को अन्त्यसम्ममा चारवटा अतिरिक्त जासूस उपग्रहहरू प्रक्षेपण गर्ने योजना बनाएको छ जसले उत्तरमा आफ्नो क्षमतालाई बलियो बनाउँछ ।

योनहापका अनुसार पृथ्वी माथि ४०० किलोमिटर र ६०० किलोमिटरको बीचमा परिक्रमामा सेट गरिएको, सियोलको उपग्रहले ३० सेमी जति सानो वस्तु पत्ता लगाउन सक्षम छ । यी उपग्रहहरूले पृथ्वीको सतहमा मौसमको प्रर्वाह नगरी डाटा संकलन गर्ने बताइएको छ ।