सुनको मूल्यमा नयाँ रेकर्ड,  तोलामा १ लाख १९ हजार नाघ्यो



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तेजाबी सुनको मूल्य १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि बढेर १५२० रुपैयाँ पुगेको छ । 


मंगलबार बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा १५ सय रुपैयाँ थियो ।