चिनियाँ विदेशमन्त्री जापान र कोरियासहितको त्रिपक्षीय बैठकमा सहभागी हुने



बेइजिङ । चिनियाँ विदेशमन्त्री जापान र कोरियासहितको त्रिपक्षीय बैठकमा सहभागी हुने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राजनीतिक ब्युरोका सदस्य तथा विदेशमन्त्री वाङ यीले चीन, जापान र कोरिया गणतन्त्र (गणतन्त्र कोरिया) बीचको त्रिपक्षीय विदेश मन्त्रीहरूको बैठकमा भाग लिदै छन् ।


कोरियाको बुसानमा नोभेम्बर २६ देखि शुरु हुने सो बैठकमा विदेशमन्त्रीले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले शनिबार  जानकारी दिएका छन् ।