काठमाडौं। गणतन्त्र विरोधी आन्दोलनमा सहभागी ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन। उनीहरुलाई पक्राउ गर्नुको कारण केही पनि खुलाइएको छैन।
बिहीबार दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आयोजना गरेको प्रदर्शनबाट उनीहरु पक्राउ परेका थिए। उनीहरु पक्राउ परेपछि प्रसाईंले पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्। उनीहरू बिहीबार बल्खुबाट पक्राउ परेका हुन्।