दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय



काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ ।

प्रसाईं नेतृत्वले मंसिर ७ गते आयोजना गर्न लागेको उक्त प्रदर्शनका लागि बल्खुमा स्थल तोकिएको हो । सोही दिन नेकपा एमाले निकट युवा संघले पनि काठमाडौं केन्द्रित कार्यक्रम गर्ने घोषणा गरेको छ । दुबै समुहले माइतीघर मण्डलामा कार्यक्रम गर्ने घोषणा गरेपछि दुई पक्षबीच मुडभेट, झडप हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई बोलाएर सोमबार छलफल गरेको थियो। उक्त छलफलपछि युवा संघले कार्यक्रम तीनकुनेमा गर्ने बताएको छ । भने प्रसाईं पक्षले बल्खुमा गर्ने भएको छ।


जिल्ला प्रशासन कार्यालयले माइतीघरमा मंसिर ४ तगेदेखि ३० गतेसम्म भेला जुलुस र प्रदर्शन कार्यक्रम गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेपछि युवा संघले पनि काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको हो । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार सूचना जारी गरेर कार्यक्रमस्थल तीनकुनेमा सरेको जानकारी दिएका हुन् ।