रसुवागडी नाकाबाट १२ तोला सुनसहित ३ जना पक्राउ



रसुवा । गोसाईकुण्ड गाउँपालिका- २ रसुवागढीबाट १२ तोला सुनसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । १२ तोला ९१ लाल तौलको सुनजस्तो देखिने पहेंलो धातुसहित ३ जनालाई आइतबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका-१ हाकु बस्ने ४४ वर्षीय सिने वाङ्दी तमाङ, सोही गाउँपालिका-५ चिलिमे बस्ने १६ वर्षीय किशोरी र सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय लक्ष्मी तामाङ रहेका छन् ।


सोही ठाउँस्थित नेपाल(चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त धातुसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।