राष्ट्रपति पौडेलद्वारा गौरीघाट र कमलपोखरी पुगेर छठ पूजा (तस्बिरमा हेर्नुस्)



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरी पुगेर छठको पूजा गरेका छन् । श्रीमती सविता पौडेलसँगै पुजास्थल पुगेर राष्ट्रपतिले अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन् ।

राष्ट्रपति पौडेलले सुरुमा गुह्वेश्वरी पुगेर छठ पूजास्थलमा पुगेका थिए । त्यसपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरेका थिए ।


राष्ट्रपति पौडेल गुह्वेश्वरीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी , आशामान संगत,छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

यस्तै कमलपोखरीको पूजास्थलमा कांग्रेस महामन्त्री गगनकुमार थापा, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाअध्यक्षहरु, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।