गाजाको एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा एकसय प्यालेस्टिनीको मृत्यु



इजरायलले उत्तरी गाजा पट्टीको एक विद्यालयमा बम बारी गर्दा कम्तीमा एकसय प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।

जबालिया शरणार्थी शिविरमा रहेको अल–फाखौरा विद्यालयमा इजरायलले गरेको भीषण आक्रमणपछि कम्तीमा एकसय जनाको शव इन्डोनेसियाली अस्पतालमा सारिएको छ ।


स्रोतका अनुसार विद्यालयभित्रबाट शवहरु निरन्तर फेला परिरहेको र ठूलो सङ्ख्यामा घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने सम्भावना रहेको छ ।

यसैबीच प्रत्यक्षदर्शीका अनुसार उक्त विद्यालयमा सयौं विस्थापित हरू बसिरहेका र इजरायली सेनाको तीव्र हवाई आक्रमणमा परी उनीहरूको हताहत भएको हो ।