काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य २ हजार तीन सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० र तेजाबी सुन १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
तिहार बिदाअघि गएको कात्तिक २७ गते छापावाल सुन तोलाको एक लाख १३ हजार २०० रुपैयाँ कायम थियो ।
यसैगरी, आज चाँदीको मूल्यमा पनि ९० रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।