जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै मङ्गलबार राति एउटा मिनीबस ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ । बुलावायो–बीटब्रिज रोडमा २१ यात्रु बोकेको टोयोटा क्वान्टम गाडी र ट्रक ठोक्किदा अन्य दुई जना घाइते भएका थिए ।
मिनिबसका चालक सहित सबै २२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ट्रकमा सवार दुई जना घाइते भएको जिम्बाब्वेको सबैभन्दा ठूलो दैनिक पत्रिका द हेराल्डले रिपोर्ट गरेको छ।