एमालेले मंसिर १४ गतेदेखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने



काठमाडौं । नेकपा एमालेले मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्ग अभियान चलाउने भएको छ । बुधबार बसेको सचिवालय बैठकले राष्ट्रिय एकताको आधार निर्माण गर्न तीन साता लामो मध्यपहाडी लोकमार्ग अभियान चलाउने निर्णय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीले पहाड समृद्ध नभई मुलुक समृद्ध नहुने भएकाले अभियान चलाउन थालिएको जानकारी दिए । उनकाअनुसार मंसिर १४ गते बिहान ८ः३० बजे झुलाघाटबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । अभियान झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुनेछ ।