पर्यटन मन्त्रालय मातहतका निकायद्वारा प्रधानमन्त्री राहत कोषमा ४ करोड भन्दाबढी रकम जम्मा



काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका निकायहरुले प्रधानमन्त्री राहत कोषमा चार करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाल नागरिक उड्डयन प्राधिकरण, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, नेपाल वायु सेवा निगम, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, बुद्ध एयर र विभिन्न हेलिकप्टर कम्पनीहरुले चार करोड १३ लाख ९८ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए ।