म्यानमारको उत्तरी प्रान्त काचिनमा मङ्गलबार भएको भीषण आगलागीमा परी ६३ घर जलेर नष्ट हुनुका साथै करिब ३०३ जना विस्थापित भएका छन् ।
खुनलानफु शहरको शेन हकावन गाउँमा मङ्गलबार बिहान आगलागी भएको सञ्चारमाध्यमले जनाएका छन् ।
सेना र स्थानीय बासिन्दाले घण्टौँ लामो प्रयासपछि बिहान ५ बजेसम्ममा आगो निभाउन सफल भएका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन । गाउँका एक स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार गाउँलेहरूले चीसोमा ताप्न सल्काएको आगोबाट आगलागी सुरु भएको थियो ।