काठमाडौँ । सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितहरूको खोज, उद्धार र उनीहरूलाई राहतका लागि देश–-विदेशमा रहेका सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई सहयोगका लागि अपिल गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक सूचना जारी गरी भूकम्पपीडितलाई सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घसंस्थालाई दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिन अनुरोध गरेको हो।
त्यसका लागि सरकारले नौवटा बैंकका खाता नम्बर उपलब्ध गराएको छ।