भूकम्पका घाइतेको नि:शुल्क उपचार गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले भूकम्प परी घाइते भएकाहरुको निस्शुल्क उपचार गर्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सबैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

त्यसका लागि रुकुम र जाजरकोट आसपासका जिल्लामा रहेका सबै अस्पताललाई भुकम्पबाट घाइते भएर उपचार गर्न आउने सबैलाई निशुल्क उपचार गर्न निर्देशन दिइसकेको जानकारी दिए । साथै काठमाडौंका वीर, ट्रमा सेन्टर, टिचिङ अस्पताल लगायतका अस्पताल तयारी अवस्थामा राखिएको जनाएको छ ।


भुकम्पमा परि घाइतेहरुको उद्धार लगभग सकिएकाले अव पीडितहरुको व्यवस्थापनमा सरकारले ध्यान दिने उनको भनाइ छ । बैठकमा भूकम्प पीडितहरुलाई आर्थिक सहायत दिने भनिएपनि निर्णय भैनसकेको उनले जनाएका छन् ।

यसअघि २०७२ मा गएको भुकम्प पिडितलाई राहत दिंदा भएको कमिकमजोरीलाई समेत समेटेर यस पटक राहत वितरण गर्नेबारे छलफल भएको मन्त्री बस्नेतले बताए । ‘पहिला ३ लाख दिइएको हो । त्यसमा केही बढाउने कुरा छ’, मन्त्री बस्नेतले भने । उनले भूकम्प पीडितलाई तिन दिन भित्र तत्काल आवश्यक टेन्ट, पाललगायतका सामग्री अभाव नहुने गरी व्यास्थापन गर्ने पनि उनले बताए ।