काठमाडौं । शुक्रबार राती जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् ।
भूकम्पमा परी सबैभन्दा धेरै जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ, जसमध्ये २७ जना महिला र २५ जना पुरुष रहेका छन् ।
हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जना डिस्चार्ज भएका छन् ।