प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात’ समिट स्थगित



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भनिएको भारतको ‘भाइब्रेन्ट गुजरात’ समिट तत्कालका लागि स्थगित भएको छ। ।

भारतीय पत्रिका ‘द हिन्दु’का अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण ह्वात्तै बढेपछि गुजरात सरकारले समिटको मिति सारेको हो । जनवरी १० देखि हुने भनिएको समिटको मिति सरे पनि अर्को मिति भने तोकिएको छैन ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने तयारी थियाे ।