गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका एक प्रहरीको मृत्यु



काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्प पुगेका एक प्रहरीको मृत्यु भएको छ ।

गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा अन्नपूर्ण आधार शिविर पुगेका प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ ।


गुुटेरेस हेलिकप्टरमा फर्किएपछि पैदल हिँडेर फर्किनेक्रममा हिमालय भन्ने ठाउँमा गएराति बास बसेका ढुंगानालाई बिहान श्वासप्रस्वासमा समस्या भएपछि हेलिकप्टरमा पोखरामा ल्याइएको थियो ।

तर पोखरा ल्याउनेबित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।