काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । कोशीका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सहमतिको सरकार बनाउने भनिरहेका बेला जसपाले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।
सुनसरीको इटहरीमा बसेको जसपाको प्रदेश कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जसपा प्रदेश कमिटी अध्यक्ष दीपक याक्खाले बताए । मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएको जसपाले सरकारलाई दिएको समर्थन भने यथावत् राख्ने भएको छ ।