राष्ट्रसंघका महासचिवको सम्मानमा रात्रीभोज आयोजना (फोटोफिचर)



काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रात्रीभोज आयोजना गरेका छन् ।

आइतबार साँझ प्रधानमन्त्रीले रात्रीभोज आयोजना गरेका हुन् । रात्रीभोजमा सरकारका मन्त्री, राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी लगायत विभिन्न नियोगका उच्च अधिकारीहरुको सहभागिता थियो ।


प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणमा आइतबार काठमाडौं आइपुगेका महासचिव गुटेरेस दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका थिए ।