दुई घण्टामा चार पटक भूकम्पको धक्का



काठमाडौँ । आइतबार बिहान शक्तिशाली भूकम्प गएपश्चात् धादिङमा लगातार पराकम्प गइरहेको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता तीन पटक पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार त्यसयता स–साना परकम्पहरू गइरहेका छन् । मापन केन्द्रका अनुसार अहिले बिहान ८ बजेर ८ मिनेट जाँदा सल्यानटार केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ भने ८ बजेर २८ मिनेट जाँदा धादिङकै डाँडागाउँ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।


यस्तै, ८ बजेर ५९ मिनेट जाँदा धादिङ नै केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । सात बजेदेखि ९ बजेसम्ममा धादिङमा धादिङमा चार पटक भूकम्पको धक्का महशुस भएको हो । ठूलो भूकम्प गएपछि स–साना परकम्प जानु नियमित प्रक्रिया भएको जनाएको छ ।

आनइतबार बिहान गएको ६.१ म्याग्निच्युडको भूकम्पले धादिङका विभिन्न स्थानमा सुख्ख पहिरो गएको छ । स्थानीयका अनुसार ठाउँ ठाउँमा जमिन चर्किएको छ । तर अहिलेसम्म धनजनको क्षतिको विवरण नआएको बताइएको छ ।