उपत्यकाका विभिन्न नाकामा सवारी साधनको चाप



काठमाडौँ । बडादशैँको अवसरमा उपत्यका छाड्ने सर्वसाधारणहरू बढेसँगै उपत्यकाका बिभिन्न नाकामा सवारी साधनको चाप बढेको छ । 

जगाती, कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकामा सवारी साधनको चाप बढेको ट्राफिक कार्यालयले जनाएको छ । उपत्यकाबाट पछिल्लो दिनमा सवारी साधन रिर्जभ गरेर जानेको संख्या पनि बढेका कारण सवारीको पनि चाप बढेको हो । 


अहिले उपत्यका भित्रनेको तुलनामा बाहिरिनेको संख्या निकै बढि छ , यो क्रम फूलपातीसम्म जारी रहने देखिएको छ । घर फर्कनेको पाँच बढेपछि सहज रुपमा सवारी साधन नपाउने, बढि भाडा लिने, एउटै सिटको दोहोरो टिकट काट्ने लगायतका समस्या दिएर सर्वसाधारण आउने गरेको नागरिकता सहायता कक्षमा बसेका ट्राफिक प्रहरीहरूले बताएका छन् । 

सर्वसाधारणलाई ठगिन नदिन नाकामा ट्राफिक प्रहरीहरू बसेर बढि भाडा लिए नलिएको चेकजाँच पनि गरिरहेका छन् । कामका लागि देश बाहिर रहेका र देश भित्र पनि शहरी क्षेत्रमा बस्दै आएकाहरू दशैँमा घर फर्कने गरेका छन् ।