काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएसँगै नेपाली बजारमा नयाँ रेकर्ड बनाएको हो । यो हालसम्मकै उच्च मूल्य हो ।
यसअघि गत साउन ४ गते सुनको मूल्य एक लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले वृद्धि भएको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।