प्रधानमन्त्री प्रचण्डको टिप्पणी- कांग्रेस पार्टी हो की मञ्च हो बुझ्न बुझिनसक्नुछ !



धनगढी । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनगढीमा कांग्रेस बुझिनसक्ने पार्टी भएको टिप्पणी गरेका छन् ।

समाजवादी मोर्चाले धनगढीमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस पार्टी हो की मञ्च हो की मोर्चा हो ? बुझिनसक्नु रहेको टिप्पणी गरेका हुन् ।


सम्बोधन गर्दै उनले भने- ‘एमाले भित्र पनि थाहा पाइरहनु भएको होला । एमालेभित्र चिरा परेको छ । कांग्रेस पार्टी हो की मञ्च हो की मोर्चा हो ? बुझिनसक्नु छ ।  कोशीमा हाम्रो एउटा गठबन्धन छ अर्को असन्तुष्ट कांग्रेससँग एमालेको गठबन्धन छ ।’

प्रधानमन्त्री प्रचण्डले कोशीका मुख्यमन्त्री केदार कार्कीले एमालेलाई सरकारमा सामेल गराएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले विश्वासको मत लिनुभन्दा पहिले एक मन्त्री मात्रै बनाउने सहमति भएपनि २ मन्त्री नियुक्त गरेकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने- ‘तीनजना बसेर सहमति पत्रमा हस्ताक्षर भयो । यति भएपछि ढुक्क भइयो भनेको फेरि अर्को कुरा आयो । नेपाली कांग्रेसको एक मन्त्री बनाउने भनेको एक एमालेको छिराइहालेछ ।’ 

प्रधानमन्त्री प्रचण्डले यही गठबन्धन पाँच वर्षसम्म चल्ने बताउदै उनले समाजवादी मोर्चाको अन्तिम गन्तव्य एउटै पार्टी भएको समेत बताए ।