सामाजिक एकतालाई बलियो बनाउनुपर्छ : उपाध्यक्ष शाक्य



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी छन् ।

काठमाडौँ महानगर समितिले आज यहाँ आयोजना गरेका महानगरस्तरीय चङ्गा प्रतियोगिता कार्यक्रममा बोल्दै उनले सामाजिक एकतालाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बताएकी हुन् । “देशमा जात–जातकाबीचमा विभिन्न अन्तरविरोध र द्वन्द्व सिर्जना भइरहेको छ, उक्त काम गलत हो, सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्छ,” उनले भनिन्।


आजसम्म विभिन्न जातजाति मिलेर बसी राष्ट्रियता बलियो हुन सकेको भन्दै नेतृ शाक्यले अझै सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्ने बताइन् । समाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुने उनको भनाइ थियो ।