कोशी प्रदेश : सांसदको सनाखत सुरु



विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसद्हरू सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

कोशीको मुख्यमन्त्री पदमा गठबन्धनबाट दुईजनाले ४७/४७ सांसदको हस्ताक्षर सहित दावी प्रस्तुत गरेको भन्दै प्रदेश प्रमुख परशुराम खार्पुङले आज सांसदहरुलाई सनाखतका लागि बोलाएका थिए ।


नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका शेखर काेइराला पक्षका केदार कार्कीले ४७/४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

उक्त दाबी अनुसार प्रदेश प्रमुख खार्पुङले दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई आज (शनिबार) बिहान ८ बजे प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय–पत्रसाथ सनाखतका लागि आउन आग्रह गरेका थिए ।

मुख्यमन्त्रीका दावेदार कार्की पक्षका सांसद प्रदेश प्रमुखको कार्यालयमा बिहानै सनाखतका लागि पुगेका छन् । अहिले उनीहरुको सनाखत कार्य भइरहेको छ । तर अर्का दावेदार आङ्बो पक्षका सांसद भने तत्काल सनाखतका लागि नजाने बताइएको छ ।