जनकपुर । नेकपा एमाले मधेस प्रदेशको भावी नेतृत्वका लागि सहमति जुटेको दावी गरिएको छ ।
जनकपुरमा जारी प्रदेश अधिवेसनमा अध्यक्षमा चन्देश्वर मण्डलको नेतृत्वमा पाँचै पदाधिकारीमा सहमति जुटेको दावी गरिएको हो ।
जसअनुसार उपाध्यक्षमा विचारी यादव, सचिवमा मनोज पौडेल तथा उपसचिवमा आरती भण्डारी र मोहम्मद कयस सर्वसम्मत भइसकेका छन, यसको औपचारिक घोषणा मात्रै हुन बाँकी रहेको एक सदस्यले जानकारी दिए ।
उनका अनुसार निर्वाचन कार्यतालिका सार्बजनिक भइसकेको र त्यसको प्रक्रिया पुरा गर्नुपर्ने भएकाले मात्रै निर्वाचन कमिटीले औपचारिक घोषणा नगरेको हो ।
सो अधिवेसन गत बुधवारबाट सुरु भएको थियो । अध्यक्ष केपी शर्मा ओलीले भावी नेतृत्वका लागि सकेसम्म सर्वसम्मत नभए स्वस्थ्य प्रतिस्पर्धावाट नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।